28 Apr 2024, Sunday

हाम्रो बारेमा

मनमोहन प्राविधिक विश्वविद्यालय १ नं. प्रदेश सरकारले वि.सं. २०७६ सालमा स्थापना गरेको नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वविद्यालय १ नं. प्रदेशको मोरङ जिल्लाको बुढिगङ्गा गाउँपालिका वडा नं.४ मा अवस्थित छ । यस स्थानमा वि.सं. २०६५ सालदेखि मनमोहन स्मृति पोलिटेक्निक सञ्चालन भइरहेको थियो । प्राविधिक शिक्षालाई गुणस्तरीय, प्रगतिशील तथा जीवनोपयोगी बनाउने मनमोहन स्मृति पोलिटेक्निको उच्चतम आदर्शलाई आत्मसात गर्दै त्यसैको पूर्वाधारमा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको हो ।  
मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यकपर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधाराणा अनुरूप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकासक्रमसँग आबद्घ गर्न सक्ने मानव संसाधन विकास गर्ने र विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सान्दर्भिक अनुसन्धानलाई व्यापक एवम् व्यावहारिक र समयसापेक्ष बनाउने यस विश्वविद्यालयको उद्देश्य हो ।  
मनमोहन प्राविधिक विश्वविद्यालयको उद्देश्य  परिपूर्तिका लागि विश्वविद्यालयलाई गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति छनोट गरी आपूर्ति गर्न विश्वविद्यालय सेवा आयोगको स्थापना भएको हो । आयोगले योग्यता प्रणालीको सिद्घान्त बमोजिम स्वच्छ, निष्पक्ष र विश्वसनीय प्रतिस्पर्धाको माध्यमबाट विश्वविद्यालयको शिक्षण तथा प्रशासनिक सेवाका जनशक्ति छनोट गरी नियुक्तिकालागि विश्वविद्यालयमा सिफारिस गर्नेछ । 

मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोग

प्रा.डा. नारायण प्रसाद संग्राैला
अध्यक्ष

 

प्रा.डा. सरोज नेपाल
सदस्य